ताजा समाचार

भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना

काठमाडौँ । भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ ।

तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ ।

भारतीय सेनाले भने अहिलेसम्म दुर्घटनाका बारेमा औपचारिक जानकारी दिएको छैन । दुर्घटना के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org