ताजा समाचार

अटो क्षेत्रका नीतिगत व्यवस्था समयानुकूल बनाऔँः चन्द्र ढकाल

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अटो क्षेत्रसँग सम्बन्धित नीतिगत व्यवस्था समयअनुकूल बनाउनुपर्ने बताएका छन्।

नाडाको ४५औँ वार्षिक साधारणसभा उद्घाटन सत्रमा बोल्दै उनले नीतिगत व्यवस्था गर्दा सरोकारवाला निकायसँग छलफल गर्दा कार्यान्वयनमा सहज हुने बताएका हुन्।

पछिल्लो समय नेपालमा दुईपांग्रे सवारीसाधनको एसेम्बल हुनलागेकोमा उनले खुसी व्यक्त गरे।

अब गाडी उत्पादनको लागि पनि सरकारले सहयोग गर्नुपर्ने बताउँदै ढकालले नेपालमै उद्योग स्थापना हुँदा रोजगारी र विद्युत् खपत बढ्ने बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org