ताजा समाचार

रावतको अन्त्येष्टिमा सहभागी हुन बलाधिकृत रथी कार्की भारत जाँदै

काठमाडौं । भारतीय चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावत अन्त्येष्टिमा सहभागी हुन नेपाली सेनाका तर्फबाट बलाधिकृत रथी बालकृष्ण कार्की भारत जाने भएका छन्।

रावतको भोलि (शुक्रबार) भारतको नयाँ दिल्लीमा अन्त्येष्टि गरिने भएको छ। नेपाली सेनाका अनुसार रावतको अन्तिम सम्मानमा सहभागी हुन नेपाली सेनाको प्रतिनिधित्व गर्दै बलाधिकृत रथी कार्की त्यहाँ जान लागेका हुन्।

शुक्रबार भारतीय सेनाको हेलिकोप्टर दुर्घटना हुँदा विपीन राउत, उनकी पत्नीसहित १३ जना सैनिक अधिकारीको मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org