शिक्षाविद् भण्डारीको जीवनी संस्मरण ‘दम्पती, सन्तति, सम्पत्ति र विपत्ति’ सार्वजानिक
काठमाडाैँ । कानून विषयको उच्च शिक्षामा स्थापित चक्रवर्ती हबी एजुकेशन एकेडेमीका प्रमुख देवेन्द्रबहादुर भण्डारीको जीवनी र संस्मरणमा आधारित ‘दम्पती, सन्तति, सम्पत्ति र विपत्ति’ को विमोचन भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सो कलेजको १२ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रमुख भण्डारीले दुई हजार ६०० पृष्ठको उक्त बृहत् पुस्तकको ‘प्रि–लञ्च’ गरेका हुन । नेपाल प्रहरीको हवल्दार हुँदै प्रहरी निरीक्षकबाट अवकाशपछि क्याम्पसको अध्यक्ष भण्डारीको सो कृतिमा कलेजका प्रशासकीय प्रमुख विमला हुमागाईंको छाया लेखन रहेको छ ।
चार वर्षमा तयार गरिएको सो कृतिका लेखक भण्डारीले आफूले बाल्यकालदेखि हालसम्मका सुःख, दुःख र छ दसकका अनुभवलाई समेटेको बताउँदै यस पुस्तकले दक्षिण एसियाली समाजको एक प्रकारको मनस्थितिलाई प्रतिनिधित्व गर्ने बताउनुभयो । उहाँले आफ्नो कलेज कानूनी अध्ययनका क्षेत्रमै उत्कृष्ट रहेको जनाउनुभयो । पुस्तकको प्रकाशन मदन–विष्णुमाया इन्टरनेशनल एकेडेमीले गरेको हो ।
पुस्तकबारे समीक्षा गर्दै घोष्ट राइटिङ एशोसिएशनका सञ्चालक कमल ढकालले पुस्तकले मानवीय संवेदना र सङ्घर्षशील जीवनका विविध आयामलाई उजागर गरेको बताउनुभयो ।
कार्यक्रममा कलेजका सल्लाहकार प्रा डा लक्ष्मणप्रसाद उपाध्याय र प्रा डा श्यामकान्त सिलवाललाई अभिनन्दन तथा कलेजका शिक्षकलाई सम्मान गरिएको थियो भने विभिन्न प्रतियोगिता र वार्षिक बोर्ड परीक्षामा उत्कृष्ट एलएलएम र बिए एलएलबी तहका विद्यार्थीलाई अवार्ड वितरण गरिएको थियो । सो अवसरमा विभिन्न तहका विद्यार्थीले नृत्य र सांस्कृतिक प्रस्तुति गरेका थिए ।
Comments
अरु समाचार
-
हँसिया हथौडा चुनाव चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एउटै चुनाव चिह्न हँसिया हथौडा...
-
भारतले फेरि घटाएर पठायो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य पठाएको छ । पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ...
-
बञ्चरेडाँँडामा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार
काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ...
-
राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भएको भन्दै एमालेले जनायो असन्तुष्टि
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्ने प्रयास भएको भन्दै असन्तुष्टि जनाएको छ । नागरिकता विधेयक...
-
बाबुराम र वामदेव माओवादीको चुनाव चिन्हबाट निर्वाचन लड्ने
काठमाडाैं । आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम...
-
मापसे गरी तीन जनामाथि एसिड प्रहार, २२ लिटर एसिडसहित आरोपि पक्राउ
सल्यान । तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले...
-
एमाले निकट युवा संघले उठायो बानेश्वर क्षेत्रकाे फोहोर
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बानेश्वर क्षेत्रकाे फोहोर उठाएको छ । युवा...
-
राष्ट्रपतिको प्रश्न– २०३२ सालको अंगीकृत नागरिकतासम्बन्धी व्यवस्था किन लामाे समय कायम रहेन ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचार...
-
केपी ओली र हृदयेश त्रिपाठीबीच भेटवार्ता
काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली...