ताजा समाचार

नयाँ नेतृत्व चयनका लागि कांग्रेसको मतदान शुरू

काठमाडाैँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व छान्नका लागि अहिले मतदान भइरहेको छ।

काठमाडौंको भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान सुरू भएको हो।

यसअघि बिहान ८ बजेदेखि नै मतदान सुरू हुने कार्यतालिका थियो। मतपत्र छपाइमा ढिलाइ हुँदा साढे तीन घन्टापछि मतदान सुरू भएको हो।

अहिले महाधिवेशन प्रतिनिधिहरूले मतपत्र लिइरहेका छन्। महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन्।

मतदान सकिएपछि सुरूमा सभापतिको मतगणना सुरू हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org