ताजा समाचार

प्याब्सन संस्थागत विद्यालयको फूलवारी होः महर्जन

काठमाडाैँ । निजी लगानीवाट संचालन गरिएका साना, मझौला र ठूला विद्यालयहरुको विविधतामा एकता नै प्याब्सनको विशेषता हो ।

प्याब्सन माथि आईपर्ने समस्या, कठिनाई र चुनौतीको सामनामा समेत सामुहिक सहभागिता र प्रतिबद्धताले रहँदै आएको छ ।

हाम्रो पेशागत,हक, हित, स्वामित्व र लगानीको सुरक्षा, स्थायीत्वका लागि हरेक हिसावबाट मजवुत बनाउन जरुरी छ । निजी शिक्षण संस्थाको व्यवस्थापन राम्रो भएको हुँदा गुणस्तरिय शिक्षमा ठूलो भूमिका पु¥याउँदै आएको छ । निजी शिक्षण संस्थाका विद्यार्थीहरु राष्ट्रिय एवं अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धी देखिएका छन् ।

रोजगारमुखी, उद्यमी तथा व्यवसायी रहेका छन् । नेपालको निजी क्षेत्र विशेषगरी कर्पोरेट हाउसहरु यिनैले थेगेका छन् । संस्थागत विद्यालयहरुले नेपालको शिक्षा प्रणलीमा बृहत योगदान गर्दा गर्दै पनि थुप्रै समस्याहरु र चुनौतीहरु रहेका छन् । जसमा राज्यको शिक्षा नीति नै प्रमुख रहेको छ ।

विगत १५ वर्ष देखि प्याब्सनमा सक्रिय भुमिका निर्वाह गर्दै आउनु भएका प्याब्सनिष्ट निरोज मर्हजनलाई ललितपुर प्याब्सनलाई गतिशिल बनाउने शिक्षाकर्मीको रुपमा लिने गरिन्छ । दुई कार्यकाल सचिवको भुमिकामा रहेर काम गर्नु भएका मर्हजनले संगठन मजवुत बनाउनका लागि ठूलो योगदान पु¥याएको देखिन्छ ।

पन्धौं अधिवेशनमा अध्यक्षको उम्मेदावरी मर्हजनको एजेण्डा तथा कार्यक्रम निम्न लिखित छन् । 

    प्याब्सनको प्रतिनिधित्व राज्यको सवै निकायमा गर्ने ।
    स्थानीय पाठ्यक्रम कायान्वयन गर्ने ।
    निजी शिक्षा ऐन 
    स्पष्ट लेखापरीक्षण
    प्याब्सनको महत्वको वारेमा व्यापक कार्यशाला गर्ने
    क्षमता विकास 
    सामाजिक उत्तरदायित्व
    सामाजिक सुरक्षा कोष
    पिपिपि मोडेल ः निजी तथा सामुदायिक वीच सहकार्य गर्ने 
    भौचर प्रणाली 
    स्थानीय सम्बन्धन
    शैक्षिक गन्तव्य
    विपद् व्यवस्थावन 

शिक्षित , सभ्य, स्वस्थ र सक्षम जनशत्ति, सामाजिक न्याय, रुपान्तरण र समृद्धिको दुर दृष्टिलाई मध्यनजर गर्दै शिक्षालाई प्रतिस्पर्धी ,प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाई देशको आवश्यकता अनुरुपको मानव संशाधन विकास गर्न प्याब्सनमा आबद्ध भई मेरा यी प्रयासहरु सदैव रहनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org