ताजा समाचार

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश(धान्यपूर्णिमा)को अवसरमा  सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी बिदा बारे जानकारी गराएका छन् । पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org