बंगलादेशविरूद्ध टस जितेर बलिङ गर्दै नेपाल
काठमाडाैँ । एसीसी यू-१९ एकदिवसीय एसिया कपमा नेपालले अहिले बंगलादेशविरूद्ध खेलिरहेको छ।
युएईको शारजाह मैदानमा टस जितेको बंगलादेशले ब्याटिङ रोजेपछि अहिले नेपालले बलिङ गरिरहेको छ।
नेपाली टिम : देव खनाल (कप्तान), अर्जुन कुमाल, वासिर अहमेद, विवेक यादव, गुल्शन झा, तिलकराज भण्डारी, मोहमद अदिल, अर्जुन साउद (विकेटकिपर), सन्तोष कार्की, विवेक रानामगर र दुर्गेश गुप्ता
एसिया कपको पछिल्लो पाँच खेलमा नेपालले टेष्ट राष्ट्र बंगलादेशलाई हराउन सकेको छैन।
नेपाल र बंगलादेशले एसिया कपमा पहिलोपटक सन् २००८ मा खेलेका थिए। सो प्रतियोगिताको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। दोस्रो खेलमा बंगलादेशले नेपाललाई ३ विकेटले हराएको थियो। यस्तै, सन् २०१६ मा भएको तेस्रो भिडन्तमा बंगलादेशले नेपाललाई ६ विकेटले हराएको थियो।
एसिया कपअन्तर्गत बंगलादेशविरुद्ध नेपालले चौथो खेल २०१७ मा खेलेको थियो। मलेसियामा भएको उक्त खेलमा बंगालदेशले अन्तिम बल बाँकी छँदै डिएल नियम अनुसार २ विकेटले नेपाललाई हराएको थियो।
एसिया कपमा नेपालले बंगलादेशविरूद्ध पछिल्लो पटक सन् २०१९ श्रीलंकामा खेलेको थियो। उक्त खेलमा नेपालले दिएको २६१ रनको लक्ष्य बंगलादेशले ४ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको थियो।
Comments
अरु समाचार
-
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने
काठमाडौं । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्न गर्ने भएको छ । कलाकारहरू सीताराम कट्टेल...
-
राष्ट्रिय खेलकुद सर्यो, अब २८ असोजदेखि ३ कार्तिकमा हुने
काठमाडौं । गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अभावका कारण सरेको छ । युवा तथा खेलकुद...
-
युगान्डाविरुद्ध नेपालको पहिलो जित
काठमाडौं । युगान्डाविरुद्धको चौथो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा नेपाल १५ रनले विजयी भएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा वर्षाका...
-
नेपाल युगान्डासँग फेरि पराजित
काठमाडाैं । नेपाल तेस्रो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा युगान्डासँग फेरि पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज...
-
पहिलो एकदिवसिय खेलमा नेपाल जिम्बावे ‘ए’ सँग तीन विकेटले पराजित
काठमाडाैं । ब्याटिङ लाइन फेरि एक पटक चुक्दा नेपाल शुक्रबार जिम्बावे ‘ए’ विरुद्धको पहिलो एक दिवसीय खेलमा ३ विकेटले पराजित...
-
चीनमा हुने तय भएको एसियन्स गेम्स स्थगित
काठमाडाैं । चीनको ह्वान्झाओमा हुने तय भएको १९औं एसियन गेम्स स्थगित भएको छ । १० देखि २२ सेप्टेम्बरमा हुने तय...
-
विवादपछि अल्मुताइरीले दिए खेलाडीलाई माफी
काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमका १० सदस्यले मुख्य प्रशिक्षकको व्यवहारका कारण टोलीको क्याम्प छाडेको बताएको तीन दिनपछि अब्दुल्लाह अल्मुताइरीले...
-
आईपीएल क्रिकेटमा पन्जाब ९ विकेटले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई ९ विकेटले हराएको छ । मुम्बईमा भएको खेलमा पन्जाबले...
-
हर्कबहादुर विष्णुमाया मेमोरियल अन्तर ल कलेज स्तरिय फुटबलको उपाधि केयुएसएललाई
काठमाडाै । दोस्रो हर्क बहादुर विष्णुमाया मेमोरियल अन्तर ल कलेज स्तरिय छात्र/छात्रा फुलबलको उपाधि `काठमाडाै युनिभर्सिटी स्कुल अफ ल´ ले...