ताजा समाचार

स्वास्थ्यमन्त्रीको प्रेस सल्लाहकार बने शन्तराम बिडारी

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन्।

मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै बिडारीलाई प्रेस सल्लाहकारको कामकाजको जिम्मेवारी दिएका हुन्।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागबाट स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका बिडारी २ दशकदेखि पत्रकारिता क्षेत्रमा छन्। त्यस्तै पत्रकारिता तथा आमसञ्चार विषय ५ वर्षदेख अध्यापनसमेत गरिरहेका छन्।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा समाजवादी प्रेस संगठननका संस्थापक उपाध्यक्ष बिडारी दामन पोस्ट साप्ताहिक तथा दामन पोस्ट डटकमका सम्पादक हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org