ताजा समाचार

सेन्ट्रल जोन विजेता महिला भलिबल टोलीको भव्य स्वागत

काठमाडौं । बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोनको विजेता बनेको महिला भलिबल टिम स्वदेश फर्किएको छ ।

लगातार दोस्रोपटक च्याम्पियन बनेको टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरियो ।

भलिबल टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री महेश्वर गहतराज विमानस्थल पुगेका थिए ।

साथै, बाजागाजा र सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो । खेलाडीहरुले नेपाललाई विजेता बनाउन सफल भएकोमा खुसी व्यक्त गरेिका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org