झम्सिखेलमा खुल्यो ‘अपटाउन लाउन्ज एण्ड क्लब’
ललितपुर । ललितपुर जिल्लामै पहिलोपटक अत्याधुनिक फेमिली लाउन्ज ‘अपटाउन लाउन्ज एण्ड क्लब’ सञ्चालन हुने भएको छ । झम्सीखेलमा यही पुस १५ गतेबाट लाउन्ज सञ्चालनमा आउने लागेको हो ।
कोरोना कहरका कारण सारा व्यवसाय ठप्प भएकै बेला हिम्मतिला युवा व्यवसायीहरुको सामूहिक लगानीमा सञ्चालनमा आउन लागेको उक्त रेष्टुराँमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको स्वाद लिन पाईन्छ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक–फरक सांगितिक लाईभ कार्यक्रम समेत प्रस्तुत गरिने ‘अपटाउन लाउन्ज एण्ड क्लब’का अध्यक्ष आदित्य मिश्रले जानकारी दिए ।
फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्देश्यले नयाँ शैलीको रेष्टुराँ सञ्चालनमा ल्याउन लागेको मिश्रको भनाइ छ । रेष्टुराँमा सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु समेत सञ्चालन गरिने गरी व्यवस्था गरिएको छ । जसका लागि टेरेस रुम, भिआइपी रुम, लाईभ रुम, फेमेलि रुम लगायतको व्यवस्था रहेको मिश्रले बताए ।
संगीतका साथै स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । रेष्टुरेन्ट विहान एघार बजेदेखि राति २ बजेसम्म संचालनमा आउनेछ । विहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु संचालन गरिने छ ।
‘विशेषगरी रेष्टुरेन्टमा क्रिस्पी चिकेन, चिकेन कोत्सो, पानको फ्राईड प्राउन, बेकन सिरिम्स रोल, क्रिम्सी मिनी रोल लगायतका फरक–फरक स्वादका खानाहरु उपलव्ध छन् । झम्सीखेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजनाका साथ रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको अध्यक्ष मिश्रले जानकारी दिए ।
अपटाउन रेष्टुरेन्टमा पाँच दर्जन बढीले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । झम्सीखेल चोकमै रहेको रेष्टुरेन्टको भित्री भागका साथै बाहिरी छत पनि समेटेको छ, जहाँ बसेर झम्सीखेलको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिन्छ । रेष्टुरेन्टमा प्रयोग गरिने धेरैजसो खाद्य वस्तुहरु साना, स्थानीय उत्पादकहरुमार्फत् खरिद गर्ने योजना रहेको छ ।
पब र क्लबहरु दरबारमार्ग र ठमेलमा मात्र हैन अब झम्सीखेलमा पनि छ है भन्ने सन्देश दिन पनि ‘अपटाउन लाउन्ज एण्ड क्लब’को आइडिया फुरेको अर्का संञ्चालक गौरव जैनले बताए । नयाँ वर्षको अवसरमा ‘अपटाउन लाउन्ज एण्ड क्लब’ले विशेष अफरसहितका कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरेको छ ।
ललितपुरको मुख्य केन्द्र मानिने झम्सीखेलमा सुरक्षित पारिवारिक वातावरणमा फरक ढंगले संगीत र स्वादको आनन्द लिन सकिने हिसाबले रेष्टुरेन्ट संचालनमा ल्याइएको अध्यक्ष मिश्रले बताए । नेपालको नमूना स्वरुपमा तयार गरिएको लाउञ्जमा लाईटिङ सिस्टम हाई टेक्नोलोजि काईनेटीक, आरजिवी स्टीप सहितका अत्याधुनिक तथा अहिलेसम्मकै नयाँ प्रविधि प्रयोग गरिएको छ ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...