गठबन्धन बैठक : ओलीसँग निर्णायक संवाद गर्न देउवालाई जिम्मा
काठमाडौं । सत्तारुढ गठबन्धनले संसदको अवरोध हटाउने विषयमा नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीसँग निर्णायक संवाद गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँगै भेटेरै समस्या समाधान गर्न प्रधानमन्त्री देउवालाई सुझाएको हो । गठबन्धनका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नमिल्ने भएकोले संवादबाट समाधान खोज्न प्रयास गरिएको बताए ।
‘प्रधानमन्त्रीजीलाई प्रतिपक्षी दलको नेतालाई भेटेरै संसदको अवरोध हटाउने विषयमा संवाद गर्न भनेका छौं । संसद अवरोध भइरहँदा राष्ट्र नै असफल हुनसक्छ’, पौडेलले भने । बैठकमा प्रधानमन्त्री देउवा, संयोजक पौडेलसहित, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए ।
Comments
अरु समाचार
-
सहिद लखन थापाको सालिक निर्माण
काठमाडौं । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक स्थापना गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले...
-
गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते
काठमाडौं । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना...
-
लगानी सम्मेलनकै दिन नेपाललाई चीनको उपहार, नेपालीलाई निःशुल्क भिसा
काठमाडौं । चीनले नेपालीसँग भिसा शुल्क नलिने भएको छ । सन् २०२४ मे १ (वैशाख १९)देखि चीन जानको लागि आवेदन...
-
नेपालमा लगानी गर्नुस्, सहकार्यका लागि हामी तयार छौँ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरूलाई...
-
आजदेखि सुरू हुने लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ता सहभागी हुने
काठमाण्डौ । आज (आइतवार)देखि शुरु हुन लागेको दुई दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार छ...
-
उपनिर्वाचनः इलाममा बिहान साढे ७ बजेदेखि मतगणना
इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान साढे ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति...
-
आजको राशिफल: २०८१ वैशाख १६ गते आइतवार
मेष :सोचेको उपलब्धि तत्काल नपाइएला। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। आफ्ना सूचना बाहिरिने समय रहेकाले...
-
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा एकै दिनमा डेढ...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...