ताजा समाचार

माओवादी अध्यक्ष प्रचण्डलाई पनि कोरोना संक्रमण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि कोरोना संक्रमण भएको छ ।

प्रचण्डको निजी सचिवालयले स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताएको छ।

‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ,’ उनकी स्वकीय सचिव गंगा दाहालले भनेकी छिन्, ‘यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौं। डाक्टरको सल्लाहअनुसार आइशोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउदछौं।’

माओवादी नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ। त्यस्तै माओवादी केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीलाई समेत कोरोना भएपछि कार्यालय नै बन्द गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org