ताजा समाचार

एमाले संखुवासभा जिल्ला अधिवेशनको तयारी पूरा

संखुवासभा । नेकपा एमाले संखुवासभाको ८ औं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।

खाँदबारीस्थित नगरपालीकाको सभाहलमा आईतवार पत्रकार सम्मेलन गरि यहि पौष २६ गते हुने अधिवेशनको तयारी सकिएको जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा पार्टी स्थायी कमिटी सदस्य राजेन्द्र गाैतम, पोलिटव्युरो सदस्य तथा प्रदेश नं १ अध्यक्ष तुलसी न्याैपाने लगाएत जिल्ला पार्टी नेताको उपस्थिती रहेको थियो ।

अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । अधिवेशनको उद्घाटन खाँदव‍बारी टुडिखेलमा हुने छ भने बन्दसत्र मानेभन्झाङ कृषी प्रदर्शनी केन्द्रमा अस्थायी हल तयार पारिएको छ ।

अधिवेशनमा २५ हजारभन्दा बढीको उपस्थिती रहने जिल्ला अध्यक्ष जीतबहादुर घिमिरे जानकारी दिए । नयाँ नेतृत्वका लागि सर्वसम्मतीको प्रयास भइरहेको नेताहरुले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org