ताजा समाचार

प्रेस चौतारी संखुवासभाको अध्यक्षमा निराैला

संखुवासभा। प्रेस चौतारी नेपाल संखुवासभाको अध्यक्षमा प्रेम निराैला चयन भएका छन् ।
मंगलबार भएको ५ औँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा दिव्या दृ्ष्य राई , सचिवमा दुर्गा कटुवाल, सहसचिवमा समिक्षा मगर कोषाध्यक्षमा रोशन दिप राई चयन भएका हुन् ।
तीनवर्षे कार्यकालका लागि १२ सदस्यीय समिति चयन भएको छ ।
निर्वाचन समितिको जिम्मा पाएका केन्द्रीय सदस्य सजिव कालाखेतीले जानकारी दिए ।
समितिको सदस्यमा रेजिना घिमिरे, हिरा राई, अनुप चापागाईंलगायत छन् ।
खाँदवारी स्थित होटेल होइजनको सभाहलमा आयोजना भएको अधिवेशनको उद्घाटन नेकपा एमाले प्रदेश नं १ सदस्य भरत खत्री, प्रेस चाैतारी केन्द्रिय सदस्य प्रकाश सिलवाललगाएतको उपस्थितीमा भएको थियो ।                                                                                          

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org