चिनियाँ पत्रकारको नजरमा नेपाल ‘मेन्ड अर एन्ड’ सार्वजनिक
काठमाडाैँ । सिन्ह्वा समाचार संस्थाका काठमाडौँ ब्युरो प्रमुख चाउ सेङपिङको एक दशकको नेपाल बसाइलाई समेटेर गैरकाल्पनिक एवं यथार्थपरक पुस्तक ‘मेन्ड अर एन्ड’ चिनियाँ पत्रकारको नजरमा नेपाल’ पुस्तक बजारमा आएको छ ।
कोरोना महामारीका कारण औपचारिक विमोचन बिना गत आइतबारदेखि नेपाली संस्करणका साथ बजारमा आएको उक्त पुस्तक चीन तथा चिनियाँ नजरबाट आफ्नो देशलाई हेर्ने दृष्टिकोण थाहा पाउन् भन्ने उद्देश्यले नेपाली जनताको लागि नेपाली संस्करणमा पनि प्रकाशन गरेको पत्रकार चाउले बताएका छन् ।
पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, काठमान्डौ स्कुल अफ ल का प्राध्यापक युवराज सङ्ग्रौलाले प्राक्कथन लेखेको रु.३५० मूल्यको रोचक पुस्तक जनता प्रकाशनले छापेको हो । राजनीति, अर्थतन्त्र, संस्कृति र शिक्षा, समाज र वातावरण तथा यात्रा र पर्यटन पाँच भागमा विभक्त २४० पृष्ठको नेपाली संस्करणमा ४३ वर्षीय लेखकले राष्ट्रिय र अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित भएका विभिन्न लेखहरुको माध्यमद्वारा आफ्नो नीजि अनुभव र अन्य घटनाहरुलाई सार्वजनिक गरेका छन् ।
चीनले अघि सारेको महात्वाकाङ्क्षी विकास परियोजना बिआरआइ र अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौताजस्ता मुद्दाहरूलाई पनि उधिन्ने प्रयास गर्नाका साथै पत्रकार चाउले नेपालको भू–राजनीतिक सम्बन्धलाई आफ्नो देश चीन, दक्षिणी छिमेकी भारत र अमेरिकालाई बीचमा राखेर विश्लेषण गर्ने प्रयास गरेका छन् ।
नेपाली राजनीति, भू–राजनीति र कुटनीति बाहेक लेखकले नेपालको अर्थतन्त्र, यसको असफलता र सफलताको सम्भावनाबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् भने सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफीङको ऐतिहासिक नेपाल भ्रमण लगत्तै चीन – नेपाल सम्बन्ध रणनीतिक साझेदारीको स्तरमा प्रवेश गरेपछिका विभिन्न पक्षलाई पनि लेखकले पुस्तकमा समेटेका छन् ।
Comments
अरु समाचार
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति...
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित...
-
धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको जलेर मृत्यु भएको छ ।गएराति ७० वर्षीय...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...