प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई
काठमाडौं । नेपाल पुलिस क्लवलाई पराजित गर्दै सशस्त्र प्रहरीले प्रधानमन्त्री कप टी–२० प्रतियोगिताको उपाधि जितेको छ । आज भएको प्रतिस्पर्धात्मक फाइनलमा पुलिसमाथि सशस्त्रले २१ रनको जित दर्ता गरेको हो ।
पुलिसका दिपेन्द्र सिंह ऐरीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे पनि त्यो टिमलाई जित दिलाउन पर्याप्त रहेन ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सफल भयो।
पहिलो बलमै विकेट गुमाएको पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेका थिए । दिपेन्द्रले दिलिपनाथसँग ५६ रनको साझेदारी गर्दै अर्धशतक बनाए । उनले ५६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको योगदान गरे । दिलिपनाथ २२ बलमा २३ रन जोडेर पभेलियन फर्किए भने अनिल शाह १० रन र आरिफ शेख १२ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
एपीएफको बलिङमा किशोर महतोले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अविनाश बोहरा, अमर रौटेला र दिपक बोहोराले समान १ विकेट लिए । यसअघि एपीएफले निर्धारित २० ओभरमा एक बल बाँकी रहँदा सबै विकेट विकेट गुमाएर १ सय ५८ रनको योगफल तयार गरेको थियो ।
एपीएपका लागि अमरसिंह राउटेलाले १५ बलमा २ चौका र तीन छक्कासहित सर्वाधिक २९ रनको योगदान गरे । यसअघि सेमीफाइनलमा राम्रो प्रदर्शन गरेका ओपनर प्रदिप ऐरी ७ र आसिफ शेख ९ रन बनाएर आउट हुँदा तेस्रो नम्बरमा क्रिजमा आएका ब्याटर लोकेश बमले इनिङ केहीबेर सम्हालेका थिए । उनले १५ बलमा १ चौका र ३ छक्कासहित २७ रनको योगदान गरे । सन्दीप जोरा २० बलमा २४ रन, भुवन कार्की २२ बलमा २७ रनबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
पुलिसको बलिङमा दिपेन्द्र सिंह ऐरी र सागर ढकालले सर्वाधिक ३ विकेट लिंदै उत्कृष्ट प्रदर्शन गरे । यस्तै, गुलसन झाले २ विकेट लिए भने योगेन्द्रसिंह कार्की र आरिफ शेखले १–१ विकेट लिए ।
दुवै टोलीले यसअघिका सबै खेलमा अपराजित रहँदै फाइनल यात्रा तय गरेका थिए । पुस १६ गतेदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ र ‘बी’मा तीन विभागीय र सात प्रदेश गरेर १० टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले तीन लाख प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०–२० हजार पाउनेछन् । र, सेमिफाइनलबाट बाहिरिने टोलीले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
Comments
अरु समाचार
-
सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल सेमिफाइनलमा
काठमाडौँ। साविक विजेता म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। इतिहाद स्टेडियममा बुधबार सम्पन्न...
-
साउदी अरेबियालाई छ विकेटले पराजित गर्दै नेपाल सेमिफाइलन प्रवेश
काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ...
-
नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेन
काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन ।...
-
एसीसी प्रिमियर कपमा आज नेपाल र साउदीबीच भिडन्त
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले आज बुधबार साउदी अरबसँग प्रतिपर्धा गर्दैछ । लगातार तीन खेलमा विजयी भएर ६ अंक...
-
आईपीएलमा हैदराबादले बनायो अहिलेसम्मकै धेरै रन, आज कोलकता र राजस्थान खेल्दै
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले हराएको छ । गए राति हैदराबादले...
-
नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित
काठमाडौं । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङवीचको खेल बर्षाले प्रभावित बनेको छ । ओमानको अल...
-
हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य
काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा हङकङले नेपालसामु ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अलअमेरात स्टेडियममा नेपालले टस जितेर...
-
एसिसी प्रिमियर कप : नेपालले आज हङकङसँग खेल्ने
काठमाडौं । एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट...
-
एसीसी प्रिमियर कप क्रिकेट: नेपालले आज हङकङसँग खेल्दै
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे...