ताजा समाचार

शिक्षामन्त्री र डा. केसीबीच भेटवार्ता

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीबीच भेटवार्ता भएको छ।

शिक्षा मन्त्रालयमा भएको भेटमा चिकित्सा क्षेत्रका विद्यमान समस्याबारे छलफल भएको मन्त्री पौडेलले बताएका छन्।

‘चिकित्सा क्षेत्रका विद्यमान समस्याबारे डा. गोविन्द्र केसी ज्यूसँग आज गम्भीर छलफल भएको छ। उहाँका महत्वपूर्ण सुझावप्रति हार्दिक आभार प्रकट गर्दछु’, पौडेलले भनेका छन्। मेडिकल कलेजहरूले तोकिएको शुल्कभन्दा धेरै पैसा लिएको भन्दै नोवेल मेडिकल कलेजलगायतका विद्यार्थी आन्दोलनमा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org