ताजा समाचार

नेपालमा थपिए ८ हजार ४५४ संक्रमित, २४ घण्टामा ४ हजार ४३३ निको, ५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एन्टिजेन र पीसीआर विधिबाट गरिएको २० हजार ३५९ परीक्षणमा देशभर ८ हजार ४५४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

१३ हजार ५४९ पीसीआर परीक्षणमा ५ हजार ५७१ र ६ हजार ८१० एन्टिजेन जाँच गर्दा २ हजार ८८३ जना संक्रमित फेला परेका हुन् ।

२४ घण्टाको अवधिमा ४ हजार ४३३ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ । २४ घण्टामा २ लाख ५६ हजार ४१६ जनाले खोप लगाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org