ताजा समाचार

‘स्वर कोकिला’ लता मंगेशकरको निधन

काठमाडाैँ । भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। कोरोना संक्रमणपछि अस्पताल भर्ना भएकी लताको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो।

‘स्वर कोकिला’ उपनामले परिचित लताको निधन सरस्वती पूजाका दिन आज भएको हो।

मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा लताकाे निधन भएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ।

लताले ३६ भाषामा गीत गाएकी छन्। उनले गाएका कैयौं नेपाली गीत पनि लोकप्रिय छन्।

लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिराे दु:ख व्यक्त गरेका छन्।

उनको निधनमा भारतीय संगीत क्षेत्र शोकमा डुबेको छ।

लता भारतको प्रतिष्ठित भारत रत्न, दादा साहेब फाल्केलगायत सम्मान तथा अवार्ड प्राप्त गायिका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org