ताजा समाचार

वसन्त श्रवणका लागि राष्ट्रपति हनुमानढोकामा

काठमाडौं । आज सरस्वती पूजा ।

हरेक वर्ष माघ शुक्ल पञ्‍चमीका दिन मनाइने श्रीपञ्‍चमीमा देशभर विद्याकी देवी सरस्वतीको पूजा गरिँदैछ । श्रीपञ्चमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर परम्परानुसार वसन्त श्रवण गरेकी छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान साढे १० बजेको साइतमा उनले वसन्त श्रवण गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरिन् ।

राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो । वसन्त श्रवणमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, सभामुख अग्‍निप्रसाद सापकोटालगायतको सहभागिता थियो ।

    

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org