ताजा समाचार

हेमन्त कान्छाको ‘फूल रोको कस्ले देख्छ र’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा सजिएको ‘फूल रोको कस्ले देख्छ र ?  ’ बोलको गीत सार्वजनिक भएको छ ।

लोकप्रिय सर्जक रेम गुरुङको  शब्द र संगीत रहेको गीतमा फुलको मर्मलाई कलात्मक शैलीमा देखाइएको छ ।

त्रिवेणी स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ राजकुमार बगरले गरेका हुन् ।

गीतको म्यूजिक भिडियोको छायाङ्कन चक्र बराल, सम्पादन टेकेन्द्र शाह र निर्देशन ईश्वर बल्लव उप्रेतीले गरेका हुन् ।

गीतको भिडियोमा गायक रसाईली स्वयंले ‘लिप्सिङ’ अभिनय गरेका छन् । सर्जक सदाबहार गायिका शर्मिला गुरुङका भाई हुन् ।

हेर्नुहोस् भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org