ताजा समाचार

विप्लव नेतृत्वको नेकपाका जुम्ला इञ्चार्ज माओवादी केन्द्रमा

काठमाडौं । नेत्रविक्रम चन्द  (विप्लव) नेतृत्वको नेकपाका जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान खुमलटारस्थित निवासमा तिरुवालाई पार्टी प्रवेश गराए ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार तिरुवासँगै जिम्ला जिल्ला कमिटीका सदस्यहरु पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।अध्यक्ष प्रचण्डले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org