ताजा समाचार

माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक फागुन २० सम्म स्थगित

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ ।

फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको हो ।  विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

‘२०७८ फागुन ८ र ९ गते हुने भनिएको पार्टी केन्द्रीय समितिको बैठक विशेष राजनीतिक परिस्थितिको कारणले फागुन २० गते बस्ने गरी स्थगित गरिएको छ’ मुख्यसचिव ढकालको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org