एमसीसीविरोधी प्रदर्शनलाई लिएर अमेरिकी राजदूतको चेतावनी : हिंसा अस्वीकार्य
काठमाडाैँ । नेपालमा एमसीसीलाई लिएर तीव्र मतभेद बढिरहेका बेला अमेरिकाले विरोधका नाममा हुने हिंसात्मक कृयाकलाप स्वीकार्न नसकिने बताएको छ।
एमसीसीको विरोधमा केही दिनयता काठमाडौंमा भइरहेका प्रदर्शनमा हिंसात्मक झडप हुन थालेपछि अमेरिकाले मुख खोलेको हो। शुक्रबार मात्रै देशका विभिन्न भागमा बम राखिएका समाचार आएका थिए। एमसीसीको विरोधमा नाममा सर्वसाधारणलाई तर्साउन बम तथा अन्य शंकास्पद गतिविधि हुन थालेपछि अमेरिकाले सचेत गराएको हो।
नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले एमसीसीबारे वास्तविकतामा आधारित बहस र टिप्पणीलाई सधैँ स्वीकार्ने बताएका छन्।
उनले एमसीसीबारे अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक भएको बताउँदै त्यो लोकतन्त्रमा अन्तर्निहित अधिकार हो भनेका छन्।
तर राजदूत बेरीले एमसीसीको विरोधका नाममा हुने हिंसात्मक गतिविधि कदापि स्वीकार्य नहुने जनाएका छन्।
‘हामी एमसीसीसहितका विषयमा वास्तविकतामा आधारित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक हौँ’, उनले भनेका छन्, ‘आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रमा अन्तर्निहीत कुरा हो। मानिसहरूलाई शान्तिपूर्वक आफ्ना विचारहरू आदानप्रदान गर्न अनुमति दिनुपर्छ। तर हिंसा र हिंसालाई उक्साउने कुरा कदापि स्वीकार्य छैन।’
We are a strong supporter of free speech & public discourse based in fact, including on MCC. The right to express one’s views is intrinsic to democracy, and people must be allowed to peacefully share their views. Violence & incitement to violence are never acceptable.
— Ambassador Randy Berry (@USAmbNepal) February 18, 2022
Comments
अरु समाचार
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
काठमाडौं । क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...
-
विश्वकप लिग–२: आज नेपाल र क्यानडा भिड्दै
काठमाडौं । क्यानडामा जारि विश्वकप लिग–२ अन्तर्गतका सुरुवाति दुई खेलका नतिजा आफ्नो पक्षमा पार्न असफल नेपाली क्रिकेट टोलीले आज चिरपचिरचित...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
मनसुनी वायुको प्रभाव कायमै, यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, ६ असोजः मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम...
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...