ताजा समाचार

लोकगायक जयनन्द लामाको निधन

काठमाडौं । लोकगायक जयनन्द लामाको निधन भएको छ ।

‘हल्का रमाइलो’ टेलिश्रृंखलामा सँगै काम गरेका मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे)ले लामाको निधन भएको बताएका छन् ।

वि.सं. २०१३ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले लामो समय लोकगीत-संगीतको विधामा अध्ययन तथा अनुसन्धान गरेका थिए ।

उनले गाएका ‘कलकत्ते काइँयो…’, ‘चुइँ चुइँ चुइँकने जुत्ता…’, ‘सलल पानी…’,  ‘हेर्दामा राम्रो…, ‘सुर्तीको ठुटो…’, ‘मुलाको चाना…’ लगायत थुप्रै लोकगीत लोकप्रिय छन् ।

सर्जक तथा स्रष्टाहरुले उनको निधनले नेपाली लोकगीत-संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । गायनसँगै उनी अभिनयमा पनि सक्रिय थिए । उनले दजनौँ चलचित्रमा अभिनय गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org