ताजा समाचार

दोषी प्रमाणित भए सजाय भोग्न तयार छु : अभिनेता पल शाह

साथी दुर्गेश र ठूल्दाई सरोजले मेराविरुद्ध नियोजित षडयन्त्र गरे

काठमाडौं । कलाकार पल  शाहले आफूमाथि नियोजित ढंगले जबर्जस्ती करणी आरोप ल्गाइएको दाबी गरेका छन् ।

बाल गायिकाले उनीविरुद्ध तनहुँ प्रहरीमा आफ्ना वुबामार्फत जबर्जस्ती करणी आरोपमा जाहेरी दर्ता गराएपछि उनले गायक तथा मोडल दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले आफूलाई फसाउन ती बालिकालाई उक्साएको आरोप समेत लगाएका छन् ।

साथी र ठूल्दाई सम्बोधन गर्दै शाहले दुर्गेश र सरोजले आफ्नाविरुद्ध ती गायिकालाई उक्साएको आरोप समेत लगाएका छन् ।

विभिन्न समयमा भएका अडियो संवादहरुलाई कलाकर शाहले  प्लान १,२ गर्दै ६ वटा अडियो क्लिप समेत सार्वजनिक गरेका छन् ।

आफूमाथि गाली गलौच तथा दर्शकले मनबाट निकालिसकेको भएपनि आफू दर्शक श्रोतालाई शीरमा राखि सत्य विषय बाहिर पहिले गायिकाबाट सार्वजनिक भएका सबै सम्वाद षडयन्त्रपूर्ण रहेको समेत उनले दाबी गरेका छन् ।

यस्तै, उनले आफूले गल्ती गरेको भए कानुन अनुसार कारबाही भोग्न समेत तयार रहेको समेत जनाएका छन् ।

यद्यपी उनीविरुद्ध जबर्जस्ती करणी आरोपमा प्रहरीमा जाहेरी गरिएको छ । भने, प्रहरीले अनुसन्धान गर्न देशभर पक्राउ गर्न  सर्कुलर जारी गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org