ताजा समाचार

हरेक आइतबार दराज एपमा आईएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडाैँ ।  आईएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई पे र दराजबीच सम्झौता भएको छ।

सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ। यसअनुसार आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउन सकिने साथै प्रयोगकर्ताहरुलाई आइएमई पे एप वा आईएमई पे भिसा कार्डको १० प्रतिशत छुट (रु. ३५० र रु. ५०० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका सहायक महाप्रबन्धक प्रमोद प्रमोदमान सिंह बस्नेतले यसअघि पनि आईएमई पे दराजको भुक्तानी पार्टनर रही यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु ल्याइसकेको र यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिनेछन् भन्ने कुरामा विश्वस्त रहेको बताए।

हरेक आइतवार वालेट डेको सुरुवात गरिएको उपलक्ष्यमा बोल्दै दराजका भुक्तानी र साझेदारी प्रमुख अरुण फुँयालले दराजमा आइएमई पे एपमार्फत भुक्तानी गर्दा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास व्यक्त गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org