ताजा समाचार

पशुपतिमा शिवरात्रिको रौनक (तस्बिरहरू)

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपति नाथ मन्दिरमा भक्तजनहरुलाई सहज र छिटो दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले दाबी गरेको छ । तर पशुपतिनाथमा पूजा गर्न गएकाहरुले भने घण्टौंसम्म लाइनमा बस्नु परेको गुनासो गरेका छन् ।

पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि आज बिहान तीन बजेदेखि नै चारवटै ढोका खुला गरिएको थियो । पूजा गर्नेहरुका लागि चार वटा लाइनको व्यवस्था मिलाइएको छ ।

उनीहरूलाई सहज, छिटो र व्यवस्थित तरिकाले दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

हालसम्म करिब एक लाख दर्शनार्थीहरुले पशुपति मन्दिरमा पूजा गरिसकेको अनुमान गरिएको उनले बताए । यस वर्ष ६ लाख दर्शनार्थीले पशुपतिको पूजा गर्ने अनुमान गरिएको छ । साँझ राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति दर्शन गर्न जाने कार्यक्रम छ ।

अशक्त/अपाङ्ग र ज्येष्ठ नागरिकहरुलाई भने लाइन नलागी दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । उनीहरुलाई स्वयंसेवामा खटिएका स्काउटका सदस्यले सिधै मन्दिर परिसरमा लैजाने व्यवस्था गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org