ताजा समाचार

नेपालका लागि मोरिससका राजदूत हनुमानजी नेपाल भ्रमणमा

काठमाडौं । नेपालका लागि मोरिससका नवनियुक्त राजदूत शान्ति वाइ हनुमानजी नेपाल भ्रमणमा रहनुभएको छ ।

राजदूत हनुमानजीको नेतृत्वमा छ जनाको प्रमण्डल छ दिने भ्रमणका लागि यसै साता नेपाल आएको हो । टोलीले आज महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्ने छ भने भ्रमणका अवसरमा पोखरा र अन्नपूर्ण हिमालको दृष्यावलोकन गरेको छ ।

टोलीलाई नेपाल–मोरिसस बिजनेस काउन्सिलले सोमबार एक कार्यक्रमबीच स्वागत गरेको छ । सो अवसरमा राजदूत हनुमानजीले मोरिससमा नेपालीका लागि व्यापारिक अवसरबारे उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्नेमा जोड दिए ।

काउन्सिलका अध्यक्ष बटु लामिछानेले दुई देशबीचको व्यापारिक सम्बन्ध वृद्धि र पर्यटन प्रवद्र्धन अवसरका रूपमा यसलाई लिनुपर्ने बताए ।

नेपालका लागि मोरिससका महावाणिज्यदूत गणेश कार्कीले दुई देशबीचको सम्बन्ध प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको काउन्सिलका महासचिव सुदीपराज गौतमले जानकारी दिए ।

भारतको नयाँ दिल्लीस्थित आवासीय राजदूत हनुमानजीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि राजदूत नियुक्तिको आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org