ताजा समाचार

माधव नेपालको चेतावनी– सभामुख हटाउने सपना ओलीले नदेखे हुन्छ

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटाले ‘केपी ओलीको अगाडि घुँडा टेक्न जरुरी नरहेको’ बताएका छन् ।

मंगलबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा मंगलबार उनले आफूहरू सभामुखको पक्षमा दृढ भएर उभिने बताए । उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सभामुखलाई घुँडा टेकाउने नचिताउन समेत चेतावनी दिए ।

“सभामुखले केपी ओलीको सामु घुँडा टेक्ने नचिताए हुन्छ, हामी दृढ भएर उभिन्छौँ,” उनले भने, “जुन सभामुखले सांसदको अधिकार रक्षा गर्नुभएको छ, संसद्को गरिमा जोगाएर राख्नुभएको छ, उहाँमाथि धारेहात लगाउने ? आरोप लगाउने ? गरिमाको रक्षा नगर्ने ? त्यसकारण हामी सभामुखको पक्षमा दृढ भएर उभिन्छौँ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org