ताजा समाचार

आज ग्याल्पो ल्होछारः शेर्पा समुदायले यसरी मनाउदै छन

काठमाण्डौं । शेर्पा समुदायले  नयाँ २१४९ वर्ष तथा ग्याल्पो ल्होछार आज मनाउदै ।

बिषेश गरी नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय लगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्‍वाससहित ग्याल्पो ल्होसार मनाउदै आएका छन ।

बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्‍वाससहित ग्याल्पो ल्होसार मनाइन्छ।

यस पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाई गर्ने नयाँ वर्षको रुपमा मनाउने गरिन्छ । शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, यो बर्ष मुसा बर्ष पुरा भई बाघ वर्ष सुरु भएको  भनेर पनी मनाउने गरिन्छ ।

बिषेश गरी आज आफन्त तथा साथीभई सग जमघट गर्ने तथा बिभिन्न परीकार बनाएर खाने दिने चलन छ ।

उनीखरुको बिषेश परीकार खाप्सीयो जुन मैदा, दुध, अण्डा, डालडा, तेल, नुुन, चिनीको मिश्रण बाट बनाईन्छ जसलाई रोटी पनी भनिन्छ । आजको दिन उनीहरु विषेश गरी गुम्बामा जमघट भएर बुद्धको दर्शन गर्ने गर्दछन् आजको दिन सेब्रु नाच आफ्नै भाषाको गीत गाएर नाच्ने अनि नयाँ वर्षको सुभकामना आफन्त साथीभई सँग आदान प्रदा गर्ने गरी मनाउने चलन गर्दछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org