ताजा समाचार

पल शाहविरुद्ध फेरि म्याद थपको तयारी

काठमाडौं । एक नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहमाथि फेरि म्याद थपको तयारी गरिएको छ ।

पलविरुद्धको अनुसन्धान नसकिएकाले म्याद थपको तयारी गरिएको हो । प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले म्याद थप्ने तयारी भएको बताए ।

उनीविरुद्ध जिल्ला अदालत तनहुँले गएको आइतबार सात दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद आज सकिँदै छ ।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ती गायिकाका बुवाले जबर्जस्ती करणी (बलात्कार) गरेको भन्दै जाहेरी दिएका थिए । पलविरुद्ध गैँडाकोटमा अर्को जाहेरी समेत परेको छ ।

आफूलाई मादकपदार्थ सेवन गराई गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा अर्को जाहेरी दर्ता भएको हो । एकै घटनामा दुई स्थानमा जाहेरी दर्ता भए पनि म्याद थप, मुद्दा दर्तालगायत काम भने जिल्ला प्रहरी कार्यालय तनहुँबाटै हुने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org