ताजा समाचार

दमौलीमा आगलागी, नियन्त्रणको प्रयास जारी (फोटोसहित)

काठमाडौं । तनहुँ सदरमुकाम दमौलीस्थित हार्डवेयर पसलमा आज आगलागी भएको छ ।

आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

एउटा हार्डवेयर पसलबाट सुरु भएको आगो अर्को हार्डवेयर पसल हुँदै इलेक्ट्रिक पसलमा समेत सल्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरी, स्थानीयले पानी हालेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org