ताजा समाचार

माओवादी अध्यक्ष प्रचण्ड आज सिन्धुली आउँदै

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली आउने भएका छन्।

नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन र एक विद्यालयको भवन उद्घाटन गर्नका लागि अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री देवेन्द्र पौडेल सिन्धुली आउन लागेका हुन्।

कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवास दोभानटारमा रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उद्घाटनका लागि प्रचण्ड आज दिउँसो १ बजे सिन्धुली आई पुग्ने नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी  दिए।

गजुरेलका अनुसार भवन उद्घाटन पछि सिन्धुलीका उद्योगी व्यापारीसँग अध्यक्ष प्रचण्डले आज नै भेटघाट गर्ने कार्यक्रम रहेको छ। आज अपरान्ह ४ बजेपछि सिन्धुली उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीसहित जिल्लाका उद्योगी व्यवसायीहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको गजुरेलले बताए।

अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री पौडेलले आज नै कमलामाई नगरपालिका –६ नुनथलामा रहेको सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको पनि अवलोकन गर्ने कार्यक्रम रहेको गजुरेलले बताए। अध्यक्ष प्रचण्ड आज बेलुका सिन्धुलीमाढी नै बस्नेछन्।

अध्यक्ष प्रचण्डले भोलि नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, सर्मथकहरुबाट आर्थिक सहयोग जुटाएर नेकपा माओवादी केन्द्र सिन्धुलीको चार तलाको पार्टी कार्यालय भवन निर्माण सम्पन्न भएको छ। तिन करोडको लागतमा चार तले पार्टी कार्यालय निर्माण सम्पन्न गरिएको माओवादी केन्द्र सिन्धुलीले जनाएको छ। भवन उद्घाटन अघि  विहान पार्टी निकट कर्मचारी संघठनको जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको गजुरलेको भनाइ छ।

सिन्धुलीका कार्यक्रम सकेर अध्यक्ष प्रचण्ड शनिबार काठमाण्डौं फर्कने छन्। स्थानिय तहको निर्वाचन नजिकिदै गएका बेला अध्यक्ष प्रचण्डको देश दौडाहा तिव्र बनेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org