ताजा समाचार

निर्वाचन सार्ने मनसाय छैन, समयमै हुन्छ : प्रधानमन्त्री देउवा

माेरङ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहकाे निर्वाचन सार्ने सरकारकाे कुनै मनसाय नभएकाेले समयमा नै हुने प्रतिबद्धता जनाएका छन् ।

सुन्दरहरैँचा नगरपालिकाकाे प्रशासनिक भवन शिलान्यास कार्यक्रममा साेमबार उनले निर्वाचन गराउने काम निर्वाचन आयाेगकाे भएकाे र आयाेगले निर्वाचन गराउन लागि परेकाले सरकारले पूरा सहयाेग गर्ने बताए ।

प्रधानमन्त्री देउवा नगरपालिकाकाे प्रशासनिक भवन शिलान्यास गर्नका लागि आए पनि शिलान्यास नगरी गएकाेप्रति स्थानीयले असन्तुष्टि व्यक्त गरे ।

नेपाल सरकारले उपलब्ध गराएकाे ४ विघा ८ कठ्ठा जग्गामा सुन्दरहरैँचा नगरपालिकाले २७ कराेड लागतमा प्रशासनिक भवन निर्माण सुरु गरेकाे छ ।

प्रधानमन्त्री देउवाले सुन्दरहरैँचा नगरपालिकाकाे गाेठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने आश्वासन दिए ।

लेटाङ नगरपालिकामा प्रहरी जवानकाे हत्या भएकाे घटनामा छानबिन गरी दाेषीलाई कारबाहीकाे दायरामा ल्याउने उनले बताए ।

यसैबीच, प्रधानमन्त्री देउवाले सुन्दरहरैँचामा ३५ शय्याकाे नगर अस्पताल उद्घाटन गरेका छन् ।

सुन्दरहरैँचा नगरपालिकाले १५ कठ्ठा क्षेत्रफलमा ३५ कराेडकाे लागतमा निर्माण गरेकाे नगर अस्पताल प्रधानमन्त्री देउवाले उद्घाटन गरेकाे हाे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org