ताजा समाचार

पल शाहसंगको अनुसन्धान सकियाे

काठमाडाैँ । बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँले शाहमाथि २१ दिनपछि लामो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पेश गरेको जनाएको छ।

यसअघि नवलपरासी प्रहरीले शाहविरुद्धको अनुन्सधान सकाएर सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ। र उक्त मुद्दा पनि अदातलमा पुगिसकेको छ।

१७ वर्षीया गायिकाले शाहले आफूलाई पटक–पटक बलात्कार गरेको भन्दै तनहुँमा उजुरी दिएकी थिइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org