ताजा समाचार

बार केन्द्रीय सदस्य खुल्लातर्फ ढुंगानाको उम्मेदवारी

काठमाडाैं  । युवा कानुन व्यवसायी कान्तिराम ढुंगानाले स्वतन्त्रबाट नेपाल बार एशोसिएशन केन्द्रीय सदस्यतर्फ खुल्लामा उम्मेदवारी दर्ता गराएका छन् ।

वाणिज्यशास्त्र र अन्तराष्ट्रिय कानुनमा स्नातकोत्तर गरेका ढुंगानाले बार एशोसिएशनको आसन्न निर्वाचनमा केन्द्रीय सदस्यतर्फ खुल्लामा उम्मेदवारी दर्ता गराएका हुन् । उनले कुनैपनि समूह र प्यानलमा आवद्ध नभई उम्मेदवारी दर्ता गराएका हुन् ।

मोरङको कानेपोखरीमा जन्मिएका ढुंगानाले अहिले काठमाडाैंमा कानुन व्यवसायमा सक्रिय रहेका छन् ।

बारको निर्वाचन यहि चैत्र १९ गते मतदान गर्ने कार्यतालिका रहेको छ । भने, उनले यसअघि ललितपुर बारको सदस्य रहेर काम गरिसकेका छन् ।

‘भ्रष्टाचारमुक्त, सक्षम र जनउत्तरदायी न्यायपालिका पेशागत हक हीतका लागि प्रतिबद्ध बार न्यायपालिकाको शुद्धिकरण अभियानलाई थप सक्रिय बनाउन मलाई अमूल्य मतको आवश्यकता छ । मैले यहि मूल्य मान्यतामा रही मत मागिरहेको छु’, ढुंगानाले न्युज नेपालसंग भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org