ताजा समाचार

पर्यटनमन्त्रीसँग सलमान खानले भने, ‘सगरमाथा चढ्छुु’

काठमाडौँ । सांगीतिक कार्यक्रम लिएर नेपाल आउन लागेका बलिउड सुपरस्टार सलमान खानले सगरमाथा चढ्ने इच्छा देखाएका छन् ।

बुधबार सोल्टी होटलमा भएको भर्चुअल मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले खानलाई सगरमाथा आरोहणका लागि निम्तो दिएका थिए ।

कोरोना महामारीका कारण धराशायी बनेको नेपालको पर्यटन प्रवर्द्धनका लागि खानलाई सगरमाथा आरोहरणका लागि निम्तो दिएका हुन् । ‘मन्त्रीज्यू निम्तोका लागि धन्यवाद । अवश्य सगरमाथा चढ्छु, बिस्तारै बिस्तारै भए पनि,’ खानले मन्त्री आलेसँगको संवादमा भने ।

खान ओडिसी इन्टरटेन्टमेन्ट र हिटा समूहको निम्तोमा आगामी जेठ १४ गते नेपाल आउने कार्यक्रम छ । उनीसँग अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरियोग्राफर प्रभु देवा, मुदस्सर खान, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावालगायतका कलाकार नेपाल आउँदैछन् ।

पर्यटनमन्त्री आलेले उनलाई हेलिकप्टरमार्फत सगरमाथामा घुमाउने र सगरमाथा आधार शिविरमा ब्रेकफास्टका लागि लैजाने प्रस्ताव गरेका थिए । जवाफमा खानले त्यहाँ जाने पक्का गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org