ताजा समाचार

एआईजी बढुवाविरुद्धको रिटको सुनुवाइ न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं । नेपाल प्रहरीका तीनजना डीआईजीले एआईजी बढुवाविरुद्ध दायर गरेको रिटको सुनवाई न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

डीआईजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले एआईजी पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि हिजो पनि रिटको पेशी तोकिएको थियो । हिजो सो हेर्न नमिल्नेमा राखिएको थियो ।

डीआईजीहरु आफूभन्दा कनिष्ठलाई एआईजी बढुवा गरिएको भन्दै सर्वोच्च पुगेका हुन् । सरकारले वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गरेको थियो ।

उनीहरुले  दर्ज्यानी चिन्हसमेत लगाइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org