निर्वाचनको बहिष्कार र विरोध गर्ने समूहमाथि निगरानी बढाउन गृहको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहको निर्वाचनको वहिष्कार र विरोध गर्नेहरुमाथि निगरानी बढाउन सबै जिल्ला प्रशासन कार्यालय (सीडीयो)हरुलाई निर्देशन दिएको छ ।
स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा गृह मन्त्रालयले निर्वाचनको बहिष्कार र निर्वाचन प्रक्रियामा अवरोध सृजना गर्ने व्यक्ति, समूह वा राजनीतिक दलहरुका गतिविधिमाथि निगरानी बढाउन जिल्ला प्रशासन कार्यालयलाई लिखित निर्देशन दिएको हो ।
गृहले निर्वाचनको विरोधी समूह पहिचान गरी सोही बमोजिम सुरक्षा रणनीति बनाउन समेत मुलुभरका सीडीयो कार्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले चैत्र दोस्रो साता स्थानीय तहको निर्वाचन सुरक्षाबारे
लिखित निर्देशन दिएको स्रोतले बताएको छ। गृह मन्त्रालयले भयरहित तरिकाले निर्वाचन सम्पन्न हुने गरी सुरक्षाको वातावरण बनाउन तीवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादीले निर्वाचन वहिष्कार गर्ने घोषणा गरिसकेको छ।
यसैगरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका केहि साना दल निर्वाचनबारे स्पष्ट छैन्। सरकारले आगागी बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ ।
Comments
अरु समाचार
-
मनसुनी वायुको प्रभाव कायमै, यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, ६ असोजः मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम...
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...