ताजा समाचार

माओवादीबाट निर्वाचित बेनिघाट रोलाङ गाउँपालिका अध्यक्ष डल्लाकोटी एमाले प्रवेश

काठमाडाैँ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित धादिङको बेनिघाट रोलाङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमालेमा प्रवेश गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज गाउँपालिका अध्यक्ष डल्लाकोटीलाई पार्टीमा प्रवेश गराएका हुन्।

एमाले प्रवेशका लागि गाउँपालिका अध्यक्ष डल्लाकोटी बालकोटस्थित ओली निवास पुगेका थिए।

डल्लाकोटी माओवादी केन्द्रको बागमती प्रदेश कमिटी सदस्य पनि थिए।

उनी माओवादीमा जानुभन्दा पहिले एमालेमै थिए। १५ वर्षपछि डल्लाकोटी एमालेमै फर्किएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org