ताजा समाचार

डिशहोमले ल्यायो १ वर्षमा २४ महिना योजना

काठमाडाैँ ।  डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ वर्षमा २४ महिनाको योजना ल्याएको छ।

डिशहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकहरुलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाइबाट फन्ड ट्रान्स्फरमार्फत एक वर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन्।

यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरुमध्ये प्रत्येक हप्ता लक्की ड्रमार्फत एक जना ग्राहकले एक लाख पनि जित्न सक्नेछन्।

हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडी, सरोकार टिभी, रियालिटी टिभी, नेपा च्यानललगायत डिशहोम सोकेस मा लक्की ड्रको प्रत्यक्ष प्रसारण हुनेछ।

१ वर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र १ लाख जित्ने यो योजनाको फाइदा २०७८ चैत २१ पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकहरुले लिन सक्नेछन्।

एक दशकदेखि स्याटालाइट प्रविधिमा उत्कृष्ट दृश्यसहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो।

साथै डीटीएच प्रविधिमार्फत टेलिभिजन सेवा दिइरहेको डिशहोमले  फाइबरमार्फत डिशहोम फाइबरनेट ब्राण्ड नेममा नेपालभर इन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org