ताजा समाचार

निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री भेट्दै

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैछन् ।

प्रधानमन्त्रीले निर्वाचन तयारीबारेमा जानकारी लिन आयोगका पदाधिकारीलाई छलफलमा बोलाएका आयोग स्रोतले बताएको छ ।

आयोग हाल ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा छ ।

आयोगले निर्वाचन आचारसंहिता जारी गर्नेदेखि मतपत्र छपाइसम्मको तयारी गरिरहेको छ ।

सोमबार राजनीतिक दलहरुलाई बोलाएर निर्वाचन आचारसंहिता पालनाको प्रतिवद्धतामा हस्ताक्षर गर्न लगाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org