ताजा समाचार

‘पहिले प्रचण्डको छोरी रेणु भन्थे, अहिले रेणुको बुवा प्रचण्ड भनिन्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको परिचय फेरिएको बताएका छन् ।

बुधबार चितवनको भरतपुर महानगरपालिकामा आयोजित भूमिहीन दलितहरूलाई लालपुर्जा वितरण कार्यक्रममा उनले ०७४ को स्थानीय तह निर्वाचनमा रेणुको परिचय आफ्नो छोरीका रूपमा रहेको र अहिले आफूलाई ‘रेणुको बुवा’ भन्ने गरेको भन्दै खुसी व्यक्त गरे ।

“पहिले निर्वााचनमा रेणु यहाँ आउदा सबैले प्रचण्डको छोरी भन्ने गर्थे । यद्यपि, रेणुको आफ्नै त्याग, तपस्या थियो । रोल्पा, रुकुमजस्ता जिल्लादेखि भूमिगत रूपले जनयुद्धकालमा प्रवासका सहरमा काम गरेको उनको आफ्नै अनुभव थियो,” उनले भने, “तर, ०७४ को निर्वाचनमा आउँदा उनको परिचय प्रचण्डको छोरी भन्ने थियो । मलाई अहिले खुसी छ । अहिले आउँदा प्रचण्डकी छोरी होइन, रेणुको बुवा प्रचण्ड भएको छ ।”

प्रचण्डले महिलाले धेरै गर्न सक्छन् भन्ने देखिएको समेत बताए । उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको कामको पनि प्रशंसा गरे ।

अबको निर्वाचनमा महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयर बनाउने विचार रहेको उनले सुनाए । महिलाले काम गर्दा जालझेल, षड्यन्त्र कम हुने रहेछ भन्ने देखिएको उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org