प्रमुख आयुक्त थपलियाले पत्रकार सम्मेलन गर्दै, आचारसंहिता लागू गर्ने तयारी
काठमाडौं । निर्वाचन आयोग आसन्न स्थानीय तह निर्वाचनका लागि बनाइएको आचारसंहिता लागू गर्ने तयारीमा जुटेको छ। आज आयुक्तहरुको बैठक बसेर आचारसंहिता लागू गर्नेबारे निर्णय गर्न लागेको प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता जारी गरेको थियो। राजपत्रमा प्रकाशित भइसकेको आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, संवैधानिक निकाय, राजनीतिक दल, गैरसरकारी तथा निजी संस्थालगायत विभिन्न क्षेत्रलाई लागू हुनेछ।
गत मंगलबार आयोगले स्थानीय तह निर्वाचनका लागि दर्ता भएका सबै दलका प्रतिनिधि बोलाएर आचारसंहिता कार्यान्वयनको प्रतिबद्धता लिएको थियो। दलहरूको प्रतिबद्धता प्राप्त भएसँगै आज आयोगका पदाधिकारीको बैठक बस्न लागेको हो। यसअघि हिजो नेकपा एमालेले आचारसंहितामा आफ्नो असहमति राख्दै आयोगमा ध्यानाकर्षण पत्र बुझाएको थियो। आज पदाधिकारी बैठकमा एमालेले उठाएका समस्याको समाधानको उपाय खोज्ने र त्यसको निवारण गर्ने तयारी गरेको प्रमुख आयुक्त थपलियाले जानकारी दिए।
एमालेले बहालवाला जनप्रतिनिधिले चुनाव लड्न राजीनामा दिनुपर्ने, प्रचारप्रसारमा सामाजिक सञ्जालको प्रयोग गर्न नपाइने, कुनै पनि दल वा उम्मेदवारको विरोधमा सामग्रीहरु प्रकाशन गर्न नपाइनेलगायत विभिन्न बुँदामा असहमति जनाएको छ।
आज बस्ने पदाधिकारी बैठकमा आचारसंहिताबारे थप छलफल गर्ने तयारी पनि रहेको प्रमुख आयुक्त थपलियाले बताए। दलहरूको आपत्ति रहेको सम्बन्धमा थप छलफल गरी आजै पत्रकार सम्मेलन मार्फत् प्रष्टिकरण दिने तयारीसमेत आयोगले गरेको छ। प्रमुख आयुक्त थपलियासहितको पत्रकार सम्मेलन अपराह्न ५ बजे हुने छ।
Comments
अरु समाचार
-
सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
काठमाडौं । क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...
-
विश्वकप लिग–२: आज नेपाल र क्यानडा भिड्दै
काठमाडौं । क्यानडामा जारि विश्वकप लिग–२ अन्तर्गतका सुरुवाति दुई खेलका नतिजा आफ्नो पक्षमा पार्न असफल नेपाली क्रिकेट टोलीले आज चिरपचिरचित...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
मनसुनी वायुको प्रभाव कायमै, यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, ६ असोजः मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम...
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...