ताजा समाचार

अर्थतन्त्रमा संकट आएको छैन, गलत प्रचार भयो: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र बाहिर प्रचार गरिएजस्तो संकटको अवस्थामा नरहेको दाबी गरेका छन् ।

उनले जनता र व्यवसायीलाई हतोत्साहित गर्ने गरी नकारात्मक प्रचारबाजी नगर्न आग्रह गरे ।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले भने, ‘अर्थतन्त्रमा संकट आएको भन्ने गलत हो । देशमा के के न हुुन लाग्यो भन्ने ढङ्गले प्रचार भइरहेको छ । तर अर्थतन्त्रलाई आफ्नै नियमित गतिमा चल्न दिनुपर्छ । अर्थव्यवस्थाको राजनीतिकरण गरेर देशलाई फाइदा हुँदैन ।’

उनले अर्थतन्त्रका विभिन्न आँकडाहरू प्रस्तुत गर्दै आफूहरू सतर्क रहेको बताए ।

अर्थमन्त्री शर्माले आयात बढेर देशको अर्थतन्त्रमा दवाव सिर्जना भएको भने स्वीकार गरेका थिए ।

उनले भने, ‘वस्तु आयातमा भएको उच्च वृद्धिका कारण व्यापार घाटा बढेर अर्थतन्त्रमा दवाव सिर्जना भएको छ । आयात र निर्यात अघिल्लो आवको तुलनामा ३३.९ प्रतिशत र ७२.८ प्रतिशत बढेको छ ।’

विश्वबजारमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले व्यापार घाटामा चाप पैदा गरेको उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org