ताजा समाचार

भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा थापा मनोनित

काठमाडाैँ । भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा दिपक थापा मनोनित भएका छन ।

बाग्मती खेलकुद विकास परिषदले थापालाई भक्तपुर जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा मनोनित गरेको हो । पुर्वअध्यक्ष श्रीभक्त कासिछ्वालाई हटाएर सूर्य विनायक नगरपालिका–५ कटुञ्जे निवासी थापालाई अध्यक्ष पदमा मनोनयन गरेको हो ।

प्रदेश खेलकुद विकास ऐन २०७५ को दफा १२ को उपदफा (१) तथा प्रदेश खेलकुद विकास नियमावली २०७६ को नियम ३ को उपनियम (१) मा व्यवस्था भएबमोजिम थापालाई जिल्ला खेलकुद विकास समितको अध्यक्षमा मनोनयन गरेको परिषद्ले जनाएको छ ।

थापालाई दुई वर्षका लागि मनोनयन गरिएको परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले न्युज नेपाल लाई जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org