ताजा समाचार

गभर्नर अधिकारीको मुद्दाको पेसी चढेन

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्धको मुद्दा  आज पनि नहेरिने भएको छ ।

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी हिजो (आइतबार) सर्वोच्च अदालत गएका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पाैडेलले भनेः नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध मुद्दाको आज पेसी तोकिएको छैन, भोली तोकिने सम्भावना रहेको छ ।

अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्।

उनका तर्फबाट वकिलहरू आइतबार सर्वोच्चमा रिट दर्ता गराउन पुगिसकेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org