ताजा समाचार

गोरखामा भत्कियो गठबन्धन, कांग्रेसले अन्य दलसँग तालमेल नगर्ने

गोरखा । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा कुनै दलसंग तालमेल नगर्ने भएको छ ।

आइतबार जिल्ला कार्य समिति बैठक बसेर बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको पार्टी जिल्ला सभापति नन्दप्रसाद न्याैपानेले जनाए । कांग्रेसले एक्लै निर्वाचन लड्ने भएपछि गोरखामा गठबन्धन भत्किएको हो ।

सत्ता गठबन्धनमा रहेका अन्य दलका नेताहरुको महत्वकांक्षा र राजनीतिक अपरिपक्कताका कारण गठबन्धन नटिकेको जनाएका न्याैपानेले पत्रकार सम्मेलनमा भने, ‘कांग्रेसले अन्य दलहरुसँग तालमेल नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।’

जिल्लाको ११ वटै पालिका र ९४ वटै वडामा कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको र उम्मेदवार आइतबार साँझसम्म टुंगो लगाउने न्याैपानेले जनाए । यस्तै, कांग्रेसले ९ पालिका र ४५ वडामा दाबी गरेको थियो, माओवादी केन्द्रले ६ पालिका र जनता समाजवादीले ३ पालिकामा दाबी गरेको उनको भनाई थियो । तर, सहमति जुट्न नसकेपछि मित्रवत् प्रतिष्पर्धामा जाने निर्णय भएको उनले जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org